शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप विजेता फ्रान्सलाई कतार एयरवेजको बधाई

मङ्गलबार, ०१ साउन २०७५, १५ : ५४
मङ्गलबार, ०१ साउन २०७५

कतार – फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको लागि बधाई ज्ञापन गरेको छ ।

कतार एयरवेज मार्फत २५ करोडभन्दा बढी भ्युज् सहित विश्वभर यस प्रतियोगिताका करिब २ अरब भन्दा बढी दर्शकहरु रहेका थिए । यस संस्करणको विश्वकपको आयोजनामा साथ दिएको कतार एयरवेजले कतारमा हुने प्रतियोगिताको लागि तयारीमा केन्द्रित भएको जनाएको छ ।

फुटबल उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एक बोइङ ७७७ विमान तयार गरेको थियो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले क्रोएसिया माथिको महत्वपूर्ण जीतको लागि सम्पूर्ण फ्रान्सको टिम तथा फ्रान्सेली नागरिकहरुलाई हार्दिक बधाई दिँदै फुटबल तथा खेलकूद प्रतिको माया र उत्साहको माध्यमले संसारलाई एकजुट गर्न सफल यस भव्य उत्सवमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताए । 

कतार एयरवेज, कतारको राष्ट्रिय वाहक हो भने यसले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप