मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको प्रदर्शन, प्रहरीको लाठी ! (फोटोफिचर)

मङ्गलबार, ०१ साउन २०७५, १४ : २८
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले  मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । 

सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका समेत लगाउँदै सरकारको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । 

माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केहिबेर दुई पक्षीय झडप समेत भएको थियो ।

सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएको बताइएको छ । 

पछिल्लो समय सरकार विरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ ।

कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीतिसहितको निर्णय गरेको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप