शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश जाँदा र आउँदा साथमा कति नगद बोक्न पाइने ? यस्तो छ नयाँ व्यवस्था

मङ्गलबार, ०१ साउन २०७५, १४ : ०८
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले  विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सीमा तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार  नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी नेपाली रुपयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन÷लैजान सकिने गरी सीमा तोकिएको छ । 

 सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क)  अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत रु ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बाराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगालाले जारी गरेको सूचनामा उल्लेख छ । 

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजानु पर्ने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारीसमक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत  ल्याउने÷लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने सूचनामा जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप