शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

आइतबार, ०१ साउन २०७४, ०९ : ४३
आइतबार, ०१ साउन २०७४

म्युनिख – बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो ।


ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् ।


खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थियो र उनले नम्बर १० को भूमिका कुशलताका साथ निभएका थिए ।


खेलमा थोमस मुलर र हुवान बर्नाटले गोल गर्दै बायर्नलाई विजयी बनाए ।


खेलमा अर्का नयाँ अनुबन्ध कोरेन्टिन टोलिसोले पनि डेब्यु गरे । लियोनबाट उनी ३ करोड ५० लाख पाउण्डमा बायर्न भित्रिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप