शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मृगौलाको रोग र पत्थरीबाट बच्न चाहनुहुन्छ भने दैनिक गर्नुहोस् यो एक काम

मङ्गलबार, ०१ साउन २०७५, १३ : १३
मङ्गलबार, ०१ साउन २०७५

आज विश्व जनसंख्याको सबैभन्दा ठूलो हिस्सा मृगौलासम्बन्धि समस्यासँग जुधिरहेका छन् । यदि स्वस्थ जीवनशैली र खानपिन अपनाइयो भने यस्तो समस्याबाट सजिलै बच्न सकिन्छ । हामो शरिरलाई स्वस्थ र सक्रिय बनाइराख्नाका लागि मृगौलाले फिल्टरले झैं रगत सफा गर्ने काम गर्छ । आउनुहोस् यो प्रमुख अंगको अन्य कार्य र यसलाई स्वस्थ बनाइराख्ने तरिकाबारे जानकारी लिऔं ।

मृगौलाको काम के ?

पाचन क्रियाको क्रममा हाम्रो भोजनबाट निस्कने सबै सुक्ष्म विषाक्त तत्व मृगौलामा नै जम्मा हुने गर्छ र पिसाबमार्फत शरिरबाट बाहिर निस्कने गर्छ । मृगौला रातो रक्त कोशिकाको निर्माण र रगतलाई सफा गर्न मद्दत गर्छ । मृगौलाको अर्को एउटा कार्य छ – भिटामिन डीको निर्माण गर्नु जसले हड्डीलाई बलियो बनाउँछ । आजको भागदौडपूर्ण जिन्दगीमा हाम्रो खानपिनको बानी बिग्रिरहेको छ । यसै कारण मृगौला बिरामीको संख्या बढिरहेको छ । स्वस्थ जीवनशैली अपनाएर हामी यस्तो समस्याबाट बच्न सक्छौं ।

अत्यधिक पानी पिउनुहोस्ः

यदि मृगौलालाई स्वस्थ राख्न चाहनुहुन्छ भने पर्याप्त पानी पिउनुहोस् । सामान्य स्वस्थ व्यक्तिले प्रतिदिन औसतमा चारदेखि पाँच लिटर पानी पिउनुपर्छ । पानीले शरिरमा भएको विभिन्न विषालु तत्वलाई पिसाबसँगै निकै सजिलै बाहिर निकाल्ने गर्दछ र पाचन तन्त्रको कार्य प्रणालीलाई पनि स्वस्थ राख्छ । यसले कब्जियतको समस्या हुँदैन । यसका साथै पानीले शरिरमा रक्तप्रवाहलाई सही राख्नुका साथै रगतलाई जम्नबाट रोक्छ । धेरै पानी पिउँदा रक्तचाप पनि सन्तुलनमा रहन्छ ।

खानुहोस् सन्तुलित आहारः

दैनिक भोजनमा चीनी र नुनको मात्रा अत्यधिक भए मृगौलाको स्वास्थ्यका लागि निकै हानिकारक साबित हुनसक्छ । यी दुबै खानेकुराको अत्यधिक सेवनले मृगौलाको कामको गतिलाई प्रभावित पार्ने गर्छ । त्यसकारण मिठाई, चकलेट, केक–पेष्ट्री, वेफर्स, अचार, पापडजस्ता खानेकुराको सेवन सिमित मात्रामा गर्नुहोस् किनभने यसमा अत्यधिक चीनि र नुनको प्रयोग गरिएको हुन्छ । यसकारण च्याउ र दालको सेवन पनि सन्तुलित मात्रामा गर्नुपर्छ किनभने यसमा भरपुर प्रोटिन पाइन्छ । यो शरिरका लागि अत्यधिक आवश्यक हो तर यसको मात्रा धेरै हुँदा युरिक एसिडको समस्या हुनसक्छ ।

यसै गरी दुग्धजन्य खाद्यपदार्थको सेवन पनि हड्डी बलियो बनाउन निकै आवश्यक हुन्छ तर यसको अत्यधिक सेवनका कारण पत्थरीको समस्या हुनसक्छ । यस्तो समस्याबाट बच्नका लागि खानपानमा सन्तुलन अपनाउन निकै आवश्यक छ । क्याल्सियम र प्रोटिनयुक्त खानेकुरालाई आफ्नो भोजनमा पक्कै समावेश गर्नुहोस् तर यसको मात्रा अत्यधिक हुनुहुँदैन । विभिन्न रंगका फलफूल र सागसब्जीलाई पनि आफ्नो आहारमा पक्कै समावेश गर्नुहोस् । यसमा पाइने एन्टीअक्सिडेन्ट तत्वले मृगौलालाई संक्रमणबाट जोगाउँछ । यसका साथै रक्सी, चुरोटबाट बच्ने कोसिस गर्नुहोस् किनभने यसले फोक्सोका साथै मृगौलालाई पनि हानी गर्छ । यदि खानपिनमा सावधानी अपनाउनुहुन्छ भने मृगौला सम्बन्धि रोगबाट कहिले पीडित हुनु पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप