शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोर्डले साना लगानीकर्ताको परिभाषा बदल्यो, कति लगानी गर्ने साना लगानीकर्ता ?

मङ्गलबार, ०१ साउन २०७५, १२ : ५४
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं–अबदेखि ५० हजार रुपैयाँसम्म लगानी गर्नेलाई मात्र साना लगानीकर्ता भनिने भएको छ । यसअघि ५ हजार कित्तासम्म लगानी गर्ने वा चुक्ता पुँजीमा ५ लाख रुपैयाँ सम्म लगानी गर्नेलाई साना लगानीकर्ता भनिदै आएकोमा  नेपाल धितोपत्र बोर्डले ५० हजार रुपैयाँसम्म लगानी गर्नेलाई साना लगानीकर्तामा बर्गीकरण गरेको छ । सुचिकृत संगठित संस्थाहरुको संस्थागत सुसासन सम्बन्धी निर्देशिकाको पहिलो संसोधन गर्दै बोर्डले साना लगानीकर्ताको परिभाषा बदलेको हो । 
यस्तै संस्थाको सञ्चालकले उस्तै प्रकृतिको संस्थाको मात्र  पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भएर काम गर्न नहुने भएको छ । यसअघि सबै खालका सँस्थाको कर्मचारी, पदाधीकारी र प्रमुख कार्यकारी हुन नपाउँने व्यवस्था थियो ।  तर, नेपाल सरकारले गरेको नियुक्तिको हकमा भने यस्तो व्यवस्था लागु नहुने बोर्डले स्पष्ट पारेको छ ।  
यस्तै संस्थामा सञ्चालकको संयोजकत्वमा एक लेखा परिक्षण समिति गठन गर्नुपर्नेछ । साथै खदि प्रक्रियालाई पारदशी बनाउँन संस्थाले खरिद विनियमावली बनाइ लागु गर्नुपर्नेछ । संस्थागत सुसासन सम्बन्धी निर्देशिका आजैबाट लागु भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप