शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीमा छायाँकन हुँदै प्रदीपको रोजी

मङ्गलबार, ०१ साउन २०७५, १२ : ४६
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं – पछिल्लो समय दर्शकले रुचाएका अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोजी’ युनिट अहिले टर्की पुगेको छ । केही सिन, दुई गीतको छायाँकन योजना सहित युनिट केही दिन पहिले टर्की पुगेको हो । टर्कीका आकर्षक लोकेसनहरुमा चलचित्रको अहिले धमाधम छायाँकन भइरहेको छ । 
निर्धारित धायाँकन पुरा गरेर केही दिनमा युनिट स्वदेश फर्किने चलचत्रिका बितरक गोबिन्द शाहीले जानकारी दिए । गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुति रहेको चलचित्रका निर्देशक निरक पौडेल रहेका छन् । 
अनुप सापकोटाको कथा, केदार भुषालको पटकथा तथा सम्वाद रहेको राजु विक्रम थापाको छायाँकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत रहनेछ । 
गोपीकृष्ण मुभिजसँंग आरोही इन्टरटेनमेन्ट एसोसिएट भएर रोजी निर्माण थालेको हो । चलचित्रमा प्रदीपको अलवा नायिका पर्मिता आरएल राणा, कर्मा, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतका कलाकारको समेत मुख्य अभिनय रहेको छ । 
केही बर्ष पहिले प्रेमीद्धारा हत्या गरिएकी रोजी महर्जनको हत्यकान्डको बिषयमा निर्माण थालिएको यो चलचित्र प्रदीपको अभिनेत्री पर्मितासँग रोमान्स रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप