शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति

मङ्गलबार, ०१ साउन २०७५, १२ : ४३
मङ्गलबार, ०१ साउन २०७५

अनलाइन रिटेल कम्पनी एमेजोनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासमा सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्गका अनुसार सोमबार बेजोसको कूल सम्पत्ति १५० अर्ब डलर थियो जो संसारका दोस्रो धनी व्यक्ति माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको सम्पत्तिभन्दा करिब ५५ अर्ब डलर धेरै थियो । ब्लूमबर्ग इन्डेक्समा बिल गेट्सको सम्पत्ति ९५.३ अर्ब डलर आँकलन गरिएको थियो ।

सन् १९८२ देखि अहिलेसम्मका सबैभन्दा धनी व्यक्तिः

गत वर्ष बढेको महँगीका हिसाबले हेर्ने हो भने पनि ५४ वर्षका बेजोसले गेट्लाई पछि पारेका छन् । वास्तवमा गेट्सले सन् १९९९ मा सय अर्ब डलरको आँकडालाई छोएको थियो । यो आँकडा आजको हिसाबले १ सय ४९ अर्ब डलर मानिन्छ । यसरी एमेजोनका सिइओ बेजोस १ सय ५० अर्ब डलरको सम्पत्तिसहित सन् १९८२ देखि अहिलेसम्मका सबैभन्दा धनी व्यक्ति भएका छन् ।

रेकर्ड स्तरमा पुग्यो एमेजोनको सेयरः

सोमबार एक समय एमेजोनको सेयर १ हजार आठ सय ४१ दशमलव ९५ डलरको रेकर्ड स्तरमा पुग्यो । यद्यपी, पछि एमेजोनको शेयर खस्कँदा बेजोसको सम्पत्ति १ सय ५० अर्ब डलरको आँकडाभन्दा कम पनि आउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप