बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जामा फोटोग्राफी तालिम

मङ्गलबार, ०१ साउन २०७५, १२ : २१
मङ्गलबार, ०१ साउन २०७५

स्याङजा – नेपाल फोटो पत्रकार जिल्ला संघको आयोजना र पुतलीबजार नगरपालिकाको सहयोगमा दुई दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । जिल्लाका क्रियाशिल पत्रकारलाई मध्ये नजर गर्दै आयोजना गरिएको फोटोग्राफी तालिमा १० जना फोटो पत्रकाहरु सहभागी थिए । 

तालिममा हरेक विधामा कलम चलाएका जिल्लाका संचारकर्मीहरुको पनि उपस्थित थियो । अध्यक्ष प्रतिक्षा काफ्लेका अनुसार तालिममा सहभागीलाई फोटो कसरी खिच्ने, फोटो कस्तो खिच्ने र फोटोपत्रकारीताको आचार संहीताको वारेमा जानकारी तथा क्यामरामा कसरी सेटिङ मिलाउने र फोटो इडिट, क्याप्सनलेखन , फोटो फोकसबारे सिकाइएको विभिन्न कुराहरु सिकाइएको थियो । 
 
तालिममा राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार प्रदीपराज वन्त र फोटोग्राफर राजन काफ्लेले प्रशिक्षण दिएका थिए । तालिमलाई सम्बोधन गर्दै नगरप्रमुख सीमा क्षेत्रीले समाजको यर्थाथ चित्रण पत्रकारीताले नै गर्ने भएकाले पत्रकारीताप्रति पुतलीबजार नगर कार्यपालिका सकरातमक रहेको बताएकी थिइन ।

‘एउटा फोटोले हजार शव्द बोल्छ भनिन्छ’ उनले भनिन, ‘नगर क्षेत्रका पर्यटकीय, धार्मिक, सांस्कृतिक लगायत विभिन्न तस्बिरहरु खिचेर प्रचार प्रसारमा ल्याउन फोटोग्राफी तालिमको आवश्यक थियो । जसकारण तालिम आयोजना गरिएको हो । ’ 
जिल्लाका क्रियाशिल १५ जना पत्रकारहरुको उपस्थिती रहेको तालिममा जिरो लेभलबाट क्यामरा सिकाइएको प्रशिक्ष प्रदिपराज वनतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप