बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री खतिवडाले बैंकहरुलाई भने–काठमाडौंमा बसेर मात्र नेपाली भइदैन, कुनाकाप्चामा पनि जानुस्

मङ्गलबार, ०१ साउन २०७५, १२ : १०
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं–बैकहरु अझै केही स्थानीय तहमा नपुगेको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले देशमा कुना काप्चाबाट पनि सेवा दिन बैंकहरुलाई निर्देशन दिएका छन् । 

‘मैले अझै केही ठाउँमा बैंक पुग्न समस्या छ भन्ने सुनेको छु । समस्यारहित कुनै ठाउँ हुँदैन । तपाईंहरु जानुस, हामी सुरक्षा दिन्छौँ’ खतिवडाले भने । 

साथै उनले बैंकहरुले अब आफ्ना सेवाको विविधतातर्फ जानुपर्ने र महिलाहरुको लागि विशेष किसिमको कर्जा योजना अघि सार्नुपर्ने बताए । 

यस्तै सरकारले बजेट मार्फत नै हरेक नेपालीको बैंक खाता घोषणा गरेकाले अब सबै नेपालीको बैंक खाता हुनुपर्ने बताए । 

तर, ती बैंक खाता खोलेर मात्र हुँदैन सक्रिय रुपमा सञ्चालन पनि हुनुपर्ने बताउँदै खतिवडाले निक्षेपको मात्र होइन कर्जाको खातापनि सक्रिय सञ्चालनमा जोड दिन बैंकहरुसँग आग्रह गरे । 

सरकारले आजैदेखि लागु हुने गरी सबै प्रकारको भुक्तानी बैंकमार्फत गर्न निर्देशन दिइसकेको छ । 

पुस मसान्तसम्ममा सबैले अनिवार्य रुपमा बैंक मार्फत भुक्तानी गर्नुपर्नेछ । 

‘राजनीतिक दलले आफ्ना मान्छे भर्ना गर्न खोजेपछि बैंकहरुले शाखा खोल्न मानेनन्’

‘बैंकमा ९९ प्रतिशत जनताको विश्वास रहेको छ, वित्तिय सेवाको गुणस्तरलाई तपाईंहरुले सुरक्षित गर्नुपर्छ’ अर्थमन्त्रीले भने । 

नबिल बैंकले आज १२ वटा स्थानीय तहमा शाखा विस्तार गरेको छ । 

प्रदेश नं. ५, कर्णली प्रदेश र सात नम्बर प्रदेशका गरी १२ स्थानीय तहमा १२ वटा शाखा विस्तार गरेको हो । 

सो शाखाको उद्घाटन अर्थमन्त्रीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप