बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिफाः यसरी बाँडियो पुरस्कारको ४३ अर्ब

मङ्गलबार, ०१ साउन २०७५, ११ : ५१
मङ्गलबार, ०१ साउन २०७५

विश्व प्रसिद्ध खेल फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को समापन फ्रान्सको जीतसँगै भयो । यसपटक पनि फिफाले टीममाथि दिल खोलेर पैसा वर्षायो । फिफाले पुरस्कारको रकम चारसय मिलियन डलर (४३ अर्ब रुपैयाँ) तोकेको थियो जसलाई टीमको प्रदर्शनको हिसाबले बाँडियो । थाहा पाऔं, कसले कति पायो ?

१. बिजेता फ्रान्सः

फिफा विश्वकपमा यसपटक फ्रान्सले ४–२ को गोलअन्तरले क्रोएशियालाई हरायो । यस जीतसँगै टीमले ३८ मिलियन डलरको हकदार बनेको छ ।

२. रनर अप क्रोएशियाः

आफ्नो शानदार खेलमार्फत् सबैको मन जित्न सफल क्रोएशिया समूलहले २८ मिलियन डलर पाएको छ ।

३. तेस्रो स्थानमा बेल्जियमः

इंगल्याण्डलाई हराउने बेल्जियमको टीमले २४ मिलियन इनाम स्वरुप पाउनेछ ।

४. इंगल्याण्ड चौथो स्थानः

फिफा विश्वकपमा चौथो स्थानमा रहन सफल इंगल्याण्डको समूहलाई २२ मिलियन पाउनेछ ।

५. क्वार्टरफाइनलः

क्वार्टरफाइनलसम्म पुगेर जुन टिम बाहिरिएको छ उनीहरुले १६ मिलियन डलर पाउनेछन् । यसमा उरुग्वे, ब्राजिल, स्विडेन र रुस समावेश छन् ।

६. राउन्ड १६ः

अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, मेक्सिको, जापान, स्विटजरल्याण्ड, कोलम्बिया र स्पेनलाई राउन्ड १६ सम्म पुगेबापत् १२ मिलियन डलर दिइनेछ ।

७. ग्रुप स्टेजः

ग्रुप स्टेजसम्म खेल्ने टीमले ८ मिलियन डलर पाउनेछन् । यसमा साउदी अरब, मोरक्को, इरान, अष्ट्रेलिया, पेरु, पनामा, ट्युनेशिया, पोल्याण्ड, सेनेगल, आइसल्याण्ड आदि समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप