बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुन राशि भएका व्याक्तिले कस्तो रङ र अङ्क प्रयोग गर्ने ?

मङ्गलबार, ०१ साउन २०७५, ११ : ३६
मङ्गलबार, ०१ साउन २०७५

युवा ज्योतिषि डीपी भण्डारी    

मेष राशि भएका व्याक्तिहरूका लागि आजको समय राम्रो रहेको छ । बेलुकी ८ बजेर ४२ मिनेटसम्म पञ्चम भावमा गोचर गर्ने चन्द्रमाले बौद्धिकताको प्रयोग मार्फत आफ्ना योजनाहरू अगाडि बढाउनुहोला । शिक्षा पेसासँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आजका लागि शुभ रङ प्रयोग गर्दै हुनुहुन्छ भने गुलावी रङको प्रयोग गर्नुहोला । आजका लागि शुभ अङ्क १ र ५ रहेकोछ भने ॐ सिद्धिविनाएक नमः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ । 

वृष राशि भएका व्याक्तिहरूका लागि चौथो भावमा गोचर गर्ने चन्द्रमाले आमा तथा अग्रजको सल्लाह लिएर अगाडि बढ्नुभयो भने अवश्य पनि गन्तव्य पहिल्याउन सहज हुनेछ । आजको अन्य कामभन्दा पनि कृषि तथा पशुपालन व्यावासय फस्टाएर जानेछ । पारिवारिक मतभेदले कुनै पनि निर्णय गर्न गाह्रो पर्नेछ । आज सेतो तथा खरानी रङको प्रयोग गर्नुहोला, आजका लागि  शुभ अङ्क ५ र ६ रहेकोछ भने ॐ सर्वविद्याय नमः  मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ । 

मिथुन राशि भएका व्याक्तिहरूका लागि तेस्रो स्थानमा गोचर गर्ने चन्द्रमाले दाजुभाइ तथा छिमेकीको सहयोग लिएर अगाडि बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । छोटो यात्रा गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उत्तम रहेको छ । न्यायिक निकायबाट आउने आजको फैसला तपाईंको पक्षमा आउनेछ । आजका लागि शुभ रङ हरियो प्रयोग गर्नुहोला । ॐ देवमाताय नमः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ भने ३ र ६ अङ्कको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

कर्कट राशि भएका व्याक्तिहरूका लागि धन स्थानमा गोचर गर्ने चन्द्रमाले तपाईसँग भएको धन तथा सम्पत्तिलाई सही रूपमा परिचालन गर्नुभयो भने आर्थिक रूपमा सुदृढ हुन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने थोरै बोलेर नाम तथा दाम कमाउन सकिनेछ ।  आजका लागि सेतो रङको प्रयोग गर्नुहोला । ॐ जटाधराय नमः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ भने १ र ४ अङ्कको प्रयोगले आजको दिन शुभ रहनेछ । 

सिंह राशि भएका व्याक्तिहरूका लागि पहिलो भावमा गोचर गर्ने चन्द्रमाले व्यापार लगायत अन्य क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । बिलाशि वस्तुको खरिद तथा बिक्री गर्नु आजको दिन उत्तम रहेको छ । सामाजिक कामहरू आजको दिन सुरुवात गर्नुहोला । आजको लागि रातो तथा कफी रङ प्रयोग गर्नुहोला  ॐ नमः शिवाय मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ भने २ र ५ अङ्कको प्रयोगले आजको दिन शुभ रहेको छ । 

कन्या राशि भएका व्याक्तिहरूका लागि खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वदेशमा उत्पादित सामानको व्यापारभन्दा विदेशमा उत्पादित सामानको व्यापारमा लगानी गर्दा मनग्गे आम्दानी गर्न सकिनेछ । विदेश यात्रासँग सम्बन्धित कामहरू आजको दिन गर्दा सहज रूपमा सम्पादन हुनेछन् । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । आजको लागि ॐ श्री दुर्गायै नमः मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ  । हरियो रङको प्रयोग गर्नुहोला, ३ र ९ अङ्क प्रयोगले आजको दिन फलदायी रहनेछ ।

तुला राशि भएका व्याक्तिहरूका लागि आएभावमा गोचर गर्ने शुक्रले थोरै लगानी गर्दा पनि मनग्गे आम्दानी हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधन स्रोत साधनको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । दाजुभाइ तथा अग्रजको आशीर्वाद लिएर अगाडि बढ्नुहोला । आज खरानी रङको प्रयोग गर्नुहोला । आजका लागि ॐ दक्षकन्याय नमः मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ३ र ७ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

वृश्चिक राशि भएका व्याक्तिहरूका लागि राज्य भावमा गोचर गर्ने चन्द्रमाले नयाँ काम तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणका लागि आजको प्रयास सकारात्मक रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि आजको दिन शुभ रहेको छ । सामाजिक काम आजको दिन थालनी गर्नुहोला । आज प्याजी रङको प्रयोग गर्नुहोला । ॐ गं गणपतय नमः मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ५ र ८ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

धनु राशि भएका व्याक्तिहरूका लागि भाग्य भावमा गोचर गर्ने चन्द्रमाले धार्मिक तथा आध्यात्मिक ज्ञान लिनका लागि समय उत्तम रहेको छ । शैक्षिक तथा धार्मिक यात्रासँग सम्बन्धित कामहरू आजको दिन सुरुवात गर्नुहोला । खोज तथा अनुसन्धानको क्षेत्रमा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ त्रिलोकेशाय नमः मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायी रहनेछ ।  ६ र ९ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

मकर राशि भएका व्याक्तिहरूका लागि आजको समय मध्ययम रहेको छ । कष्ट भावमा गोचर गर्ने चन्द्रमाले तरल पदार्थ तगा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुपर्नेछ । नयाँ काम भन्दा पनि पुराना कामलाई निरन्तरता दिनुहोला ।  खानपान तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ नमो भगवते वासुदेवाय मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायी रहनेछ । १ र ४ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

कुम्भ राशि भएका व्याक्तिहरूका लागि सप्तम भावमा गोचर गर्ने चन्द्रमाले आजको दिन व्पापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । लामो दूरीको व्यावसायिक यात्राको तय गर्नुहोला । भौतिक सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । हरियो रङको प्रयोग गर्नुहोला । ॐ अं प्रद्युम्नाय नमः मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायी रहनेछ ।  ५ र ७ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

मिन राशि भएका व्याक्तिहरूका लागि छैटौ भावामा गोचर गर्ने चन्द्रमाले बिद्यँ तथा प्रतिपर्धामा आजको दिन सहभागि हुनुहोला नतिजा तपाईको हातमा पर्नेछ । न्यायिक निर्णयहरू तपाईकै पक्षमा फैसला  हुनेछन् । मामा तथा मावली पक्षबाट हुने काम आजनै सम्पन्न गर्नुहोला । सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ आं सङ्कर्षणाय नमः मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायी हुनेछ । ४ र ६ अङ्कको प्रयोगलो आजको दिन फलदायी रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप