शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित अभिनेत्री रिताको निधन, १० दिनदेखि अस्पतालमा भर्ना

मङ्गलबार, ०१ साउन २०७५, १० : ४८
मङ्गलबार, ०१ साउन २०७५

भारतीय टेलिभिजन र फिल्म इन्डष्ट्रिकी चर्चित अनुहार रिता भादुडीको निधन भएको छ ।  यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् ।

उनले लेखेका छन्, ‘निकै दुःखी हुँदै रिता भादुडी हामीबीच नरहेको जानकारी दिन चाहन्छु । उनको अन्तिम संस्कार जुलाई १७ तारिख दिउँसो १२ बजे अन्धेरी इस्ट मुम्बईमा हुनेछ । हामी सबैका लागि उनी एक आमाजस्तै थिइन् । उनलाई सधैं सम्झिरहने छौं ।’

रिपोर्टका अनुसार रिता १० दिनदेखि अस्पतालमा भर्ना थिइन् । लामो समयदेखि मृगौला रोगबाट पीडित उनी हरेक दोस्रो दिन डायलायसिसका लागि अस्पताल जानुपर्ने भारतीय संचारमाध्यमले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप