एनसेलद्वारा दूरसञ्चार सेवा शुल्क समायोजन, नयाँ योजना पनि सार्वजनिक
काठमाडौं–एनसेल प्राईभेट लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु गरेको जनाएको छ ।
नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ ।
दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्य कर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा यहि श्रावण १ गते मंगलबार देखि नयाँ सेवा शुल्क लागु हुने जनाएको छ । नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ ।
साथै आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले यहि श्रावण १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भोल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ । त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् ।
‘‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मुल्य प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई थप उजागर गर्दछ,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने ।
नयाँ डेटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजि डेटा भल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् ।
ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनि प्याक सुचारु गर्न सकिन्छ ।
नयाँ दुरसचार सेवा शुल्क लागु हुँदा मुल्यमा पर्ने असरलाई केहि कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिज प्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।
लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रति मिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डेटा सेवा अन्तर्गतको पे एज यु गो, सापटि तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न