शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजका पत्रपत्रिकाका सम्पादकीय : 'राजनीतिले जे गर्न सक्दैन फुटबलले गर्छ'

मङ्गलबार, ०१ साउन २०७५, ०८ : १०
मङ्गलबार, ०१ साउन २०७५

हरेक चार बर्षमा विश्वकप फुटबाल र सिर्जना लिएर आउँछ । स्वभावैले यसको बढी लाभ विश्वकप आयोजक राष्ट्रले लिन्छ कि विजेता राष्ट्रले ।

लाभका बाछिटाहरु भने विश्वभरै छरिन्छन् ।

कतिपय मुलुक कम्पनीका लागि आर्थिक लाभको मौका हुन्छ, कोहीका लागि मनोरञ्जनको बहाना बन्छ भने कसैलाई कला सिक्ने अवसर ।, आजको कान्तिपुर दैनिकमा 'राजनीतिले जे गर्न सक्दैन फुटबलले गर्छ' शिर्षकमा सम्पादकीय छापिएको छ । 
 

त्यस्तै, लोेकतान्त्रिक प्रक्रियाबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारको लोकतान्त्रिक निष्ठाप्रति अहिले सबैतिरबाट प्रश्न उठ्न थालेक छ । संघीय लोकतान्त्रिक मुलुकका नागरिकको मौलिक हक र अधिकारप्रति सरकारी रवैया अधिनायकवादी शासन व्यवस्थाका शासकहरुको भन्दा भिन्न हुन नसकेको महसुस गरिँदै छ ।

सार्वभौम सम्पन्न नेपाली जनताको नैसर्गिक मानवअधिकार स्वतन्त्रताप्रति सरकार क्रमशः शंकुचित हुन थालेको आभास हुन थालेको छ ।

पछिल्लो समयमा निषेधित क्षेत्र तोक्ने, चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई पक्राउ गर्ने, संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट प्रहरी लगाएर फर्काउने, अस्पतालमा कार्यरत डाक्टरलाई गृह मन्त्रालयमा लगेर धम्क्याउनेलगायतका गतिविधि गर्न थालेपछि लोकतन्त्रप्रति सरकारको निष्ठामा प्रश्नचिह्न खडा भएको हो ।, भन्दै आजको नेपाल समाचारपत्रले 'सरकारको लोकतान्त्रिक निष्ठामाथि प्रश्न' शिर्षकमा सम्पादकीय छापेको छ । 

विधिको शासन नै लगानीमैत्री वातावरणको सबैभन्दा ठुलो आधार हा, तर यहाँ मन्त्रीहरु सस्तो लोकप्रियताका लागि विभि उल्लंघन गर्ने सबैभन्दा अग्रपंक्तिमा छन् ।
देश राजनीतिक स्थायित्वतर्फ लम्किँदै जाँदा स्वदेशी पुँजी परिचालनसँगै वैदेशिक लगानी पनि बढ्नु स्वभाविक हो ।, आजको कारोवार दैनिकमा 'वैदेशिक लगानीको उत्साह' शिर्षकमा सम्पादकीय छापिएको छ । 

रुसको मास्कोस्थित लुझनिकी रंगशालामा आईतबार फ्रन्स र क्रोएसियाबीचको फाईनलसँगै विश्व फुटबलको सबभन्दा ठुलो महोत्सवले चार बर्षका लागि विश्राम लिएको छ । 

नाईजेरियाको युवा टोली, किलियन एमबाप्पेको तीव्र गति, जापानको भलद्मीपना, ईङल्यान्डको एथलेटिक्स फुटलबल, गारेज साउथगेटको वेस्ट कोट, भिडियो एसिस्टेन्ट रेफ्री भिएआर प्रयोगमा मिश्रित प्रतिक्रिया, नवप्रवेशी पनामाको पहिलो विश्वकप गोल जस्ता थुप्रै रमाईला प्रसंग छोड्न सकेको विश्वकप सफल आयोजनाका लागि पनि स्मरणीय रहनेछ ।, आजको नागरिक दैनिकमा 'विश्वकपको व्यापकता' शिर्षकमा सम्पादकीय छापिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप