दुई लाख ८० हजार घुससहित शिक्षा कार्यालय प्रमुख प्रकाउ
मङ्गलबार, ०१ साउन २०७५, ०७ : ५०
कपिलवस्तु - कपिलवस्तुका साविक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेन्द्र पराजुली सोमबार दुई लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
शिक्षक सरुवा तथा कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकम सहित सोमबार पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।
कुन शिक्षकवाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो त्यो भने जानकारी दिइएको छैन ।