बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

मङ्गलबार, ०१ साउन २०७५, ०७ : ०९
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं - आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । 

सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप