डा. केसीको मुटुको चालमा समस्या
मङ्गलबार, ०१ साउन २०७५, ०६ : ४६
सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ ।
रातको २ बजेआसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए ।
सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति एक सय २० को हाराहारीमा पुगेको चिकित्सकले जनाएको छन् ।
गए रातिबाटै डा. केसीको इसिजिमा एक्टोपिक बिट्सहरू देखिन थालेको छ ।
गतमा इलेक्ट्रोलाइट्सको घटबढ भएपछि मुटुको चालमा परिवर्तन भइ यस किसिमका एक्टोपिक बिट्स देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । ’यसरी मुटुको चाल परिवर्तन हुनु निकै खतराको संकेत हो,’ डा. धीरज गुरुङले भने, ‘यस किसिमका चाल आइरहेमा बिरामीको मुटु जुनकुनै वेला पनि बन्द हुन सक्छ ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ