शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको शाखा तोकिएका १७ वटै स्थानीय तहमा

सोमबार, ३२ असार २०७५, १९ : ०१
सोमबार, ३२ असार २०७५

काठमाडौं – सरकारको नीति अनुरुप आफुले खोल्नु पर्ने सबै १७ वटै स्थानहरुमा सिद्धार्थ बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ ।

बैंकिङ्ग पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा अनिवार्यरुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुरुप बैंकले शाखा संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई तोके बमोजिम स्थानीय तहमा खोल्नुपर्ने सबै शाखाहरु संचालनमा ल्याउनेमा सिद्धार्थ बैंक पहिलो बैंक बनेको छ ।

स्थानीय तहमा खोलिएका समेत गरी बैंकका सबै शाखाहरुबाट सरकारी तथा अन्य संघ संस्थाका साथैै सर्वसाधारण एवं उद्यमी व्यवसायीहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकमभुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्तगर्न सक्नेछन् ।

बैंकले बैंकिङ्ग कारोबार थप सहज र सुलभ बनाउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त र जोखिम रहित इन्टरनेट एवं मोबाइल बैंकिङ्गमार्फत समेत ग्राहकहरु सेवा प्रदानगर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप