स्मार्ट डोकोको “डोको झमझम अफर”
काठमाडौं । मनसुनको आगमन संगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५० प्रतिशतसम्मको छुट सहित “डोको झम झम अफर” अभियान लागु गर्ने भएको छ ।
यो अफर जुलाई १६ देखि २६ सम्म लागु हुनेछ । स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी पनि गर्दछ ।
यो अफरले बर्षायाममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा छुट दिने जनाएको छ ।
मनसुनको अफर संगै लिवाइज, एडिडास, टोनी मोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठुला ब्राण्डका सामानहरुमा भारि छुट दिने पनि बताउको छ ।
स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि रहेका छन् ।
स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने अनलाईन सपिङ्ग भएकाले अब खरिदारी सजिलो हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ