बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो, सुरक्षा सहयोगलाई निरन्तरता दिन आग्रह

सोमबार, ३२ असार २०७५, १८ : ५०
सोमबार, ३२ असार २०७५

काठमाडौं–  गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायको भौतिक संरचनामा चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । सोमबार नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले गर्नुभएको शिष्टचारका भेटवार्ताका क्रममा गृहमन्त्री थापाले सुरक्षा सहयोगलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै त्यसलाई निरन्तरताका लागि आग्रह गरेका थिए ।  गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

शिष्टाचार भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका थिए ।  नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरे ।

उपमन्त्री जुनले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा समेत गर्नुभएको जनाइएको छ ।  भेटमा गृहमन्त्रालयका उच्चअधिकारीहरु तथा नेपालका लागि चिनियाँ राजदुत यु होङ लगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप