शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी बैंकको मेलौली शाखा संचालनमा

सोमबार, ३२ असार २०७५, १८ : ४५
सोमबार, ३२ असार २०७५

बैतडी – नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बैतडीको मेलौली नगरपालिका १ मेलौलीमा शाखा संचालनमा ल्याएको छ ।

नेपाल सरकारको हरेक स्थानीय निकायमा शाखा पुर्याउने उद्देश्य अनुरुप बैंकले उक्त शाखा संचालनमा ल्याएको हो ।

साथै बैंकले बारा, रौतहट सप्तरी, सिरहा, सिन्धुपाल्चोक, काभे्र, गुल्मी, नवलपरासी, कन्चनपुर, तेह्रथुम, दैलेख, ताप्लेजुङ्ग लगायत देशका बिभिन्न जिल्लाका स्थानीय निकायहरुमा बाँकी शाखाहरु छिट्टै बिस्तार गर्ने जनाएको छ ।  

यो शाखा संचालनमा ल्याए पश्चात बैंकको शाखा संख्या १०८ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप