साउन एक गतेदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत
काठमाडौं–सरकारले लिएको हरेक नेपालीको बैंक खाता पुर्याउँने योजनालाई कार्यान्वयन गर्न साउन एक गतेदेखि नै बैक खातामा पारिश्रमिक पठाउनुपर्ने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन एक गतेदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
जसअन्र्तगत नेपाल सरकार, विभिन्न संस्थान, स्थानीय तह, परियोजना प्रतिष्ठान लगायतका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने भएको हो ।
यसलाई असोज मसान्तसम्म अनिवार्य गर्नुपर्नेछ ।
यता बैंक, बिमा, होटल, एयरलाइन्स, ट्राभल एजेन्सी, ट्रस्ट, कम्पनी, गुठी लगायतले कर्मचारीको परिश्रमीकका लागि बैंक खाता अनिवार्य गर्नुपर्नेछ ।
कुनै स्थानीय तहमा वित्तिय संस्था स्थापना भएको छैन भने त्यस्तो स्थानमा बैंक तथा वित्तिय संस्था स्थापना भएको तीन महिना भित्र अनिवार्य बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
आकस्मिक र आंशिक रोजगारीका लागि भने भुक्तानी चेक मार्फत गर्न सकिने व्यवस्था श्रम मन्त्रालयले गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउँने लक्ष्य लिएको थियो ।
तर, हालसम्म ५ सय ५६ स्थानीय तहमा मात्र बाणिज्य बैंकको शाखा पुगेको छ ।
आगामी आर्थिक वर्षको बजेटले सबै नेपालीको बैंक खाता बनाउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा