शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउन १ गतेदेखि जग्गा दलाललाई मालपोत र नापी कार्यालयमा ‘नो इन्ट्री’

सोमबार, ३२ असार २०७५, १६ : ३८
सोमबार, ३२ असार २०७५

काठमाडौँ– अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पुर्याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । 

साउन १ गतेदेखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।  

सचिव मैनालीद्वारा जारी विज्ञप्तिमा गलत कामकाज गर्ने कर्मचारीको लगत राख्ने र शून्य सहनशीलताका आधारमाा कारवाही अघि बढाउन सर्वसाधारणको जानकारीका लागि विज्ञप्ति जारी गर्नुपरेको उल्लेख छ । विज्ञप्तिमा ‘नापी र मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनाका साथै सम्बन्धित कार्यालयबाट विद्युतीय सेवामार्फत सेवाग्राहीका काम छिटो छरितो गर्न र गराउनुहुन निर्देशन गरिन्छ, भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप