शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘भैरे’का कारण उत्साहित बर्षा

सोमबार, ३२ असार २०७५, १६ : २७
सोमबार, ३२ असार २०७५

काठमाडौं – गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘कारखाना’ पछि अभिनेत्री बर्षा शिवाकोटीका कुनै पनि चलचित्र प्रदर्शनमा आएको छैन । करिब १ वर्षको अन्तरालपछि उनको ‘भैरे’ आउँदैछ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा उनी बुद्धि तामाङको जोडी बनेकी छन् । बुद्धिसँग आफ्नो जोडी निकै सुहाएको देख्न सकिने उनले बताइन् । 

‘हिलेसम्म अभिनय गरेको चलचित्र मध्य भैरे मेरो लागि विशेष छ’ उनले भनिन् ‘मनोरञ्जनसँगै दर्शकले केही सिक्न समेत पाउँछन् ।’ निर्माण युनिटले भैरेलाई अर्गानिक बताउँदा उनी पनि यही कुरोमा जोड दिन्छिन् । भनिन्– ‘रोमान्स, प्रेम, द्वन्द्व, इमोशन सबैले भरिएको चलचित्र बनेको छ भैरे ।’ उनले आफूलाई भर्सटायल बनाउन सहयोग गर्ने सुनाइन् । 

एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्रको प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत चलचित्रका सहनिर्माता रहेका छन् ।  नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा उनको अलवा दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप