रेडिंगमा २०५ औँ भानु जयन्ती मनाइयो
बेलायत–गत वर्षहरुमा जस्तै यस वर्ष पनि ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) ले २०५ औँ भानु जयन्तीको अवसरमा स्वतन्त्र कविता बाचन तथा कविता प्रतियोगिताका सम्पन्न गरिएको छ ।
भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने प्रमुख अतिथि अक्षर अभियन्नतकार, गीतकार तथा संगीतकार किरण प्रधान थिए ।
कार्यक्रमको शुरुमा रेडिंग नेपाली समाजका अध्यक्ष्य न्यैपानेले उपस्थित सबैलाई श्वागत गरे भने साहित्य संगम युकेका संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायतमा भाषा साहित्य प्रतिको अभिरुचि बढ्दै गएको धारणा राख्दै नेपाली भाषा साहित्यमा आदिकवी भानुभक्त आचार्यको योगदानको बारेमा प्रकाश पारे ।
यस्तै गीतकार किरण प्रधानले आफ्नो अक्षर अभियानको बारेमा प्रकाश पार्दै गीत संगीत कला र भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाव र योगदानको प्रशंसा गरे ।
कार्यक्रममा कविहरु लक्ष्मी पौडेल , निर्मला न्यौपाने , लाल बहादुर गुरुंग , प्रतिमा दुधराज , भरत पौड्याल , एलेक्स सापकोटा , ऋसब न्यौपाने , आध्या भट्टराई र केनिशा गौतम लगायतले कविता बाचन गरेका थिए ।
जसमध्येबाट १८ बर्ष मुनीको समुहमा केनिशा गौतम प्रथम र आध्या भट्टराई दोस्रो , एलेक्स सापकोटा तृतिय भए भने ऋसब सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
त्यस्तै १८ वर्ष माथिको समूहमा भरत पौड्याल प्रथम र प्रतिमा दुधराजले दोस्रो र लाल बहादुर गुरुंगले तेस्रो भए भने लक्ष्मी पौडेल र निर्मला न्यौपानेलेले सान्त्वना पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्तसँग सम्बन्धित गीत पनि संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा सवारी व्यवस्थापन : मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त