शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुगमन गर्न शक्तिशाली आयोग गठन गर्न बस्नेतको माग

सोमबार, ३२ असार २०७५, १६ : ०१
सोमबार, ३२ असार २०७५

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले विकास, निर्माणको कामलाई अनुगमन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

सांसद बस्नेतले विकास, निर्माणको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै त्यसलाई अनुगमन गर्न शक्तिशाली संवैधानिक आयोगको तत्काल व्यवस्था गर्न माग गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परिपार्टीले सुशासनमा बाधा पु¥याउने उल्लेख गर्दै त्यसमा रोक लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद बस्नेतले विकास, निर्माणको काममा सरकारका कर्मचारीहरुले चासो नदिएको आरोप पनि लगाए । उनले मुलुकको समृद्धिका लागि कर्मचारीलाई परिचालन गर्ने चुनौति सामना गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप