मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विवादास्पद सीमा क्षेत्र गाजामा गरिएको युद्धविरामबारे बोल्यो राष्ट्रसंघ

सोमबार, ३२ असार २०७५, १५ : ४७
सोमबार, ३२ असार २०७५

एजेन्सी– इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

शनिबार इजरायलका तर्फबाट भएको शक्तिशाली हमलामा परी हमासका केही सदस्य मारिएका थिए । त्यसपछि आइतबार युद्धविरामको घोषणा गरिएको हो । 

आइतबार घोषणा गरिएको युद्धविराम मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय शान्तिदूत निकोलाई एमलादेनोभको रोहबरमा गरिएको थियो । उनले हमासका तर्फबाट गरिएको सो युद्धविरामको अनुगमन गरिएको पनि जानकारी गराएका छन् । 

उनले गराएको जानकारीअनुसार हमास समूहले युद्धविरामको पालना गरेका छन् । शनिबार राति सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको थियो ।  तर आइतबार अपरान्ह्पछि भने कुनै हमला नभएको समाचारमा जनाइएको छ । सो ठाउँमा गएरातिको दोहोरो आक्रमणका कारण निकै तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । 

तर आइतबार अपरान्ह्पछि भने स्थिति शान्तिपूर्ण रहेको बताइएको छ । अनुगमनकर्ताहरुले युद्धविरामको पालना भएको बताएका छन् । 

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप