शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको मुगु, रसुवा र खोटाङ्गमा नयाँ शाखा

सोमबार, ३२ असार २०७५, १५ : ४६
सोमबार, ३२ असार २०७५

काठमाडौं –राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले सोमबारबाट तीन वटा शाखा कार्यायहरु थप गरी कारोबार सुरु गरेको छ ।

बैंकले मुगुको सोरु गाउंपालिका ६सोरुकोटमा, रसुवाको कालिका गांउपालिका २ कालिकास्थान र खोटाङ्गको केपिलासगढी गांउपालिका ४ बाक्सिलामा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।

यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २०४ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।

बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप