केन्द्रीय संस्करण

अमेरिका, चीन र रुसतर्फ संकेत गर्दै यूरोपियन यूनियनको आह्वान

person access_timeअसार ३२, २०७५ chat_bubble_outline0

एजेन्सी– युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।  युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले सो आग्रह गरेका हुन् । उनले भनेका छन्– ‘विगतमा पनि यस्तो व्यापारका क्षेत्रमा युद्ध देखा परेकै हो तर त्यसको परिणाम राम्रो निस्किएको छैन, त्यसैले यस्तो द्वन्द्व तुरुन्तै हटाउनु जरुरी छ ।’ 

उनले भनेका छन्–‘तपाईहरुजस्तो शक्तिशाली राष्ट्रहरुले त व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउने होइन बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्ने हो ।’ 

उनको सङ्केत संयुक्तराज्य अमेरिका, रुस र चीनतर्फ थियो । पछिल्लो समयमा यी तीन देशबीच व्यापारका क्षेत्रमा युद्धकै सङ्केत देखिएको छ । 

एक अर्को देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात निर्यात नै बन्द गरेका छन् । 

अध्यक्ष टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवम् मान्यताहरुको पालना गर्नु युरोपेली युनियन तथा ती शक्तिशाली देशहरुको पनि कर्तव्य भएको बताएका छन् । 

चीनको राजधानी बेइजिङ्मा रहेका उनले सोमबार बिहान यहाँ आयोजित कार्यक्रममा भने– ‘अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन ।’ 

अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस भेटपछि उहाँको यो प्रतिक्रिया आएको हो । 

उक्त भेटका क्रममा उनीहरुबीच हालैका दिनमा देखिएको यो व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायहरुको बारेमा कुराकानी भएको बताइएको छ । 

उनीसँग युरोपेली युनियनका आर्थिक मामिला हेर्ने वरिष्ट अधिकारीहरु पनि रहेका छन् । उनीहरु र चिनियाँ आर्थिक क्षेत्रका अधिकारीहरुबीच पनि वार्ता भएको थियो । 

अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापारको विषयमा विवाद उत्पन्न भएको छ । सो विवादका कारण दुई देशबीच वाकयुद्ध समेत चलिरहेको छ । 

शुरुमा अमेरिका आयात हुने चिनियाँ केही समानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी बृद्धि गरेको थियो भने पछि चीनले पनि अमेरिकी सामानमा त्यसै गरेको छ । 

यो विवाद पछि रुसतर्फ पनि सरेको छ । अमेरिकाले रुसी सामानहरुमा पनि यसैगरी कर लगाएको थियो । पछि यो समस्याको पनि समाधानको सट्टा वाकयुद्धनै चलेको बताइएको छ । 

सो विवादको बारेमा दिएको प्रतिक्रियामा युरोपेली युनियनका अध्यक्ष टस्कले भने– ‘विश्वले अहिले व्यापारका क्षेत्रमा विवाद होइन कि सुधार खाजेको छ, सुधार चाहेको छ त्यसैले समाधानतर्फ जाउँ ।’ 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ