बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक र हाम्रो विकास बैंक एक हुने, एक्विजिसन सम्बन्धी सम्झौता सम्पन्न

सोमबार, ३२ असार २०७५, १३ : ०७
सोमबार, ३२ असार २०७५

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने बारे सम्झौता गरेको छ ।

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको हो ।

ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी प्रसादबीच सम्झौतामा हस्ताक्षर भयो ।

शेयर स्वाप अनुपात हाम्रो विकास बैंकको डीडीए पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने बैंकले जनाएको छ । 

ज्योति विकास बैंकको हालको चुक्ता पुंजी २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुंजी ४९ करोड २२ लाख रहेको छ ।

साथै हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब २०.५० अर्ब, कर्जा रकम करिब१७.५० अर्ब नाघ्ने छ साथै शाखा संजाल ६७ पुग्नेछ ।

ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर र राप्तिभेरि विकास बैंकसंग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप