बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लोकन्थली मनोहरा फाँटबाट लागूऔषधसहित ४ जना पक्राउ

सोमबार, ३२ असार २०७५, १२ : ५९
सोमबार, ३२ असार २०७५

भक्तपुर– मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनोहरा नरेफाँटबाट एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन् ।  भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय कृष्ण डंगोलसहित ४ जनालाई लागूऔषध नाइट्रोभेट ट्याब्लेट ३० थान र कप केयर १ बोत्तलसहित  प्रहरीले पक्राउ गरेको हो । आइतबार पक्राउ परेको उनीहरुबारे सोमबार प्रहरीले जानकारी दिएको छ । 

उनीहरु लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरीको खोजी सूचीमा रहेका थिए । पक्राउ परेलगत्तै उनीहरुबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप