बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिफा विश्वकपः पुरस्कार वितरणमा वर्षा हुँदा छाता ओढेर पुगे पुटिन, फ्रान्स र क्रोएशियाका राष्ट्रपति भिजिरहे

सोमबार, ३२ असार २०७५, १२ : २४
सोमबार, ३२ असार २०७५

फिफा विश्वकपको आइतबार भएको फाइनलमा फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो । यो खेलको क्रममा दुबै देशका राष्ट्रपति आफ्ना खेलाडी को हौसला बढाउन उपस्थित थिए । तर यो मौकामा सबैभन्दा धेरै चर्चा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छाताको भयो । पुरस्कार बाँड्ने कार्यक्रममा अत्यधिक वर्षा भएको थियो । त्यतिबेला पुटिन एउटा ठूलो छाता ओढेर त्यहाँ पुगे जबकी क्रोएशिया र फ्रान्सका राष्ट्रपति र अन्य अधिकारी भिजिरहे ।

सोसल मिडियामा पुटिनको छाताबारे विभिन्न टिका–टिप्पणी गरियो । केहीले क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्राबर–किट्रोभिक महिला भइकन पनि कसैले वास्ता नगरेको बताए भने कतिले पुटिनले आफ्नो छाता उनलाई दिनुपर्ने बताएका थिए । यस्तै पछि अन्य छाता ल्याइए पनि त्यो पुटिनको छाताभन्दा सानो भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप