बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारले फिल्म प्रचारमा साथ नदिएको गुनासो

सोमबार, ३२ असार २०७५, ११ : ५०
सोमबार, ३२ असार २०७५

काठमाडौं – चलचित्र प्रदर्शनको समयमा प्रचारमा कलाकारले साथ नदिएको गुनासा निर्माता निर्देशकको मुखबाट अक्सर सुन्न पाइन्छ । प्रदर्शन अगाडि सुन्न पाइने यो गुनासो चलचित्रको प्रदर्शनसँगै हराएर जाने गरेको छ ।

तर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वीरङ्गना’ युनिटले भने चलचित्र प्रदर्शनमा आइसकेपछि कलाकारले प्रचारमा साथ नदिएको गुनासो गरेका छन् । आइतबार रातोपुस्थित रक हाउस क्याफेसमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले कलाकारको गुनासो मिडिया माझ पोखेका हुन् ।

कार्यक्रममा निर्देशक राजबहादुर सानेले चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र अुनब बिक्रम शाहीले प्रचारमा साथ नदिँदा चलचित्रले सोचेजस्तो व्यवसाय गर्न नसकेको बताए ।

‘चलचित्रमा अनुबन्धित हुँदा प्रचारको लागि प्रशस्तै समय उपलब्ध गराउँछु भन्ने । प्रचारको समयमा साथ नदिने’ निर्देशक सानेले भने ‘भनेजति पैसा लिएर पनि निर्माताको लागानी माथी खेलबाड गर्नेलाई कारबाहीको ब्यवस्था गर्नुपर्छ ।’ अहिले दुःख दिने कलाकार लिएर आगामी दिनमा चलचित्र बनाउँदा धेरै पल्ट सोच्ने उनले सुनाए ।

निर्देशक साने कडारुपमा प्रस्तुत भएको कार्यक्रममा निर्माता बाबुराम दास पनि कलाकार माथी खनिए । निर्माता दासले भने ‘अनुपबिक्रम शाही कलाकार लिएर जसले चलचित्र बनाउँछ । त्यसले दुःख पाउँने निस्चित छ ।’ अभिनेत्री शिल्पाले प्रचारका लागि केही समय उपलब्ध गराएपनि अनुपले भने एक सेकेन्ड पनि नदिएको उनले सुनाए ।

‘कलाकारले आफ्नो दाइत्व के हो । चलचित्र अभिनय गरेपछि आफुले के के जिम्बेवारी निर्बाह गर्नुपर्छ भन्ने बुझ्दैनन्’ उनले थपे ठुला ठुला कुरा गरेर चलचित्र क्षेत्र ब्यवसायिक भएन भनेर के हुन्छ ।’ कलाकारको ब्यवहार नसुध्रिएसम्म चलचित्र क्षेत्रको उन्नती नहुने दासको भनाई रहेको छ । 

कार्यक्रममा अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकले चलचित्रलाई राम्रो साथ दिएको भन्दै निर्माण युनिटले केक समेत काटेको छ । अनुप विक्रम शाही,  शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईको मुख्य भुमिका रहेको ‘बीरङ्गना’को कार्यक्रममा कलाकार पृथ्वीराजको भने उपस्थिती रहेको थियो । चलचित्र देशभरका ७० बढी हलमा लागेको  र लगानी सुरक्षित हुने दाबी निर्माताले गरे ।

शुक्रवार र शनिवारको सुखद कलेक्सनबाट उत्साहित देखिएको निर्माण युनिटले कार्यक्रममा केक काटेर सेलिव्रेसन गरेको हो । खुसियाली मनाउन निर्माताहरु बाबुराम दास, श्यामबहादुर थापा पनि उपस्थित थिए । 

कार्यक्रममा चलचित्रका बितरक गोपाल कायस्थाले एक साथ प्रदर्शनमा आएका ४ चलचित्र मध्य ‘वीरङ्गना’को ब्यवसाय केही माथी भएको सुनाए । चलचित्रले ब्यवसायिक लाभ उठाउने नउठाउने अहिलै भन्न नसकिने उनको भनाई रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप