शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा शैलेश थापा

आइतबार, ०१ साउन २०७४, ०८ : १६
आइतबार, ०१ साउन २०७४

काठमाडौं – नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) हरु प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् । गृह मन्त्रालय मातहतको बढुवा समितीको बैठकले  शुक्रवार २५ एसपीको बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

समितीले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी शैलेश थापा क्षेत्रीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका प्रहरी उपरिक्षक (एसपी) हरुमा निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरि बहादुर पाल, बिरेन्द्र श्रेष्ठ, लोकेन्द्र बहादुर मल्ल, घनश्याम अर्याल, गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, संजय राज शर्मा, ईश्वरबावु कार्की, दिलीप कुमार चौधरी, राजेश कुमार लाल कर्ण, देब बहादुर बोहरा, धिरज प्रताप सिंह, उत्तमराज सुवेदी, बसन्त कुमार लामा, दिवेश लोहनी, सौरभ राणा, राम कृपाल शाह, उमेश रन्जितकार र रबिन्द्र कुमार धानुक रहेका छन् ।

बढुवा समितीले प्राविधिक समुहतर्फका एसपी नरोत्तमलाल प्रधान र  ई. लोकेश चन्द्र सिंह लाई पनि एसएसपीमा बढुवा सिफारीस गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप