शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुङ्गा पूर्ण खोपयुक्त जिल्ला घोषणा

सोमबार, ३२ असार २०७५, ०९ : २७
सोमबार, ३२ असार २०७५

रामहरि श्रेष्ठ 
ओखलढुंगा –जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । “पूर्ण खोप सुनिश्चितता ओखलढुंगा जिल्लाको सान, पूर्ण खोप नमुना जिल्ला बनाउने हाम्रो अभियान’’ भन्ने नाराका साथ आईतबार एक कार्यक्रमका बिच जिल्लालाई पुर्ण खोप सुनिस्चिताता तथा दिपोपना जिल्ला घोषणा गरिएको हो ।
 जिल्ला भित्रका सबै १६ देखी २३ महिना उमेर समुहका सबै बालबालिकाले १५ महिना भित्रै सबै प्रकारका खोपको मात्रा पाईसकेकाले जिल्लालाई पुर्ण खोप सुनिस्चिताता तथा दिपोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।
 हरेक वर्ष जन्मिएका सबै बालबालिकाले खोपका सबै मात्रा पाएसके पछि जिल्लालाई पुर्ण खोप सुनिस्चिताता  जिल्ला घोषणा गरिन्छ। ओखलढुंगामा १६ देखी २३ महिना सम्मका बालबालिकाको संख्या १ हजार ७ सय ४ रहेको तथ्याकंमा उल्लेख छ । त्यस्तै १५ महिना सम्मका उमेर समुहका बालबालिकाको संख्या २ हजार ८ सय रहेको छ । जिल्ला भित्र रहेका यि सबै बालबालीकाहरुले खोपको मात्रा पाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जनाएको छ ।
जिल्लालाई जिल्ला समन्वय समितिका सभापति तथा जिल्ला खोप समन्वय समितीका अध्यक्ष जय बहादुर श्रेष्ठले घोषणा पत्रमा हस्ताक्षर गरी पुर्ण खोप सुनिस्चिताता तथा दिपोपना जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा पुर्ण खोप युक्त जिल्ला घोषणाका लागी महत्वपुर्ण भुमिका खेल्ने स्वास्थ्य कर्मी तथा स्वास्थ्य स्वयसेवीका लागायतलाई सम्मान गरिएको छ । यसअघि वडा, गाँउ तथा नगरपालिका पुर्ण खोपयुक्त घोषणा भएपनि जिल्लाई घोषणा गरिएको कार्यलयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप