शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्सका प्रशिक्षकको नाममा दर्ता भयो यो दुर्लभ रेकर्ड

सोमबार, ३२ असार २०७५, ०८ : २२
सोमबार, ३२ असार २०७५

बीबीसी

फ्रान्सको फुटबल टीमका प्रशिक्षक डिडिए डेस्च्याम्प्स यस्ता तेस्रो व्यक्ति बनेका छन् जो सुरुमा खेलाडीको रुपमा र पछि प्रशिक्षको रुपमा विश्वकप विजेता समूहको हिस्सा बन्न सफल भएका छन् ।

डेस्च्याम्प्सले २० वर्ष अघि पेरिसमा कप्तानको रुपमा विश्वकपको ट्रफी उचालेका थिए र आइतबार मस्कोमा खेलिएको फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो तब प्रशिक्षको रुपमा उनले यसको दोस्रो मौका पाए ।

४९ वर्षका डेस्च्याम्पस ब्राजिलको मारियो जगालो र जर्मनीको फ्रान्ज बेकेनबावरको क्लबमा समावेश भएका छन् ।

दुर्लभ अवसरः

विश्वकप जित्ने कुनै टिमका खेलाडीले प्रशिक्षकको रुपमा च्याम्पिन टिमको हिस्सा बन्न पाएको यो दुर्लभ अवसर हो ।

उनी अघि मारियो जगालोले खेलाडी हुँदा नै दुईपटक ब्राजिलका लागि विश्वकप जिते । उनी सन् १९५८ र १९६२ को च्याम्पियन टिममा खेलाडी थिए र पछि सन् १९७० मा विश्वकप फाइनलमा जब ब्राजिलले इटालीलाई हरायो तब त्यतिबेला उनी ब्राजिलका प्रशिक्षक थिए ।

यस्तै, जर्मनीका फ्रान्ज बेकेनबावरले सन् १९७४ मा खेलाडीको रुपमा पश्चिमी जर्मनी विश्वकप जित्न मद्दत गरेका थिए र पुनः सन् १९९० मा फाइनलमा जब पश्चिमी जर्मनीले अर्जेन्टिनालाई १–० ले हराए, तब उनी उक्त टीमका म्यानेजर थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप