शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०१८ फिफा विश्वकपका पाँच रोचक तथ्य

सोमबार, ३२ असार २०७५, ०७ : ५२
सोमबार, ३२ असार २०७५

बीबीसी

फ्रान्सको जीतसँगै २४ दिनको प्रतिस्पर्धा र एक सय ६० भन्दा बढीको गोलपछिसन् २०१८ को विश्वकपमा विराम लागेको छ ।

यस विश्वकपका पाँच रोचक तथ्यबारे जानकारी लिऔं ।

१. आइसल्याण्ड टिमको धमाकेदार इन्ट्रीः

पहिलो पटक विश्वकपमा भित्रिएको आइसल्याण्ड समूहले आफ्नो पहिलो म्याचमा नै दुईपटक विश्वकप जितिसकेको अर्जेन्टिनाको समूहलाई कडा टक्कर दिएर सबैलाई अचम्मित तुल्यायो ।

सर्गियो एजुएरो, लियोनल मेस्सीजस्ता खेलाडी भएको टीम अर्जेन्टिनासँग पहिलो म्याच खेल्नुको अर्थ दबाब मात्र हुनसक्थ्यो तर टीमले आफूलाई यस्तो डिफेन्ड गर्यो कि खेललाई १–१ भन्दा अघि बढ्न दिएन ।

लगभग तीन लाख जनसंख्या भएको देश आइसल्याण्ड, विश्वकपमा भाग लिने सबैभन्दा सानो देश हो ।

आइसल्याण्ड टीमका प्रशिक्षक हामियर हालग्रिसमन एक दन्त चिकित्सक पनि हुन् । उनका अनुसार उनी अहिले पनि क्लिनिकमा काम गरिरहेका छन् किनभने फुटबल प्रशिक्षकको जागिरको कुनै भरोसा छैन ।

२. इंगल्याण्ड टिम म्यानेजरको वेस्टकोट लुकः

इंगल्याण्ड टीमका लागि यो विश्वकप निकै रोमाञ्चक रह्यो । इंगल्याण्डले २८ वर्षमा पहिलो पटक सेमिफाइनलमा स्थान बनायो भने पहिलो पटक पेनाल्टी गोल जित्यो ।  

खेलबाहेक अर्को एउटा कुराले पनि दर्शकको ध्यान खिच्यो । त्यो थियो टिम म्यानेजर गेरेथ साउथगेटको वेस्टकोट लुक ।

यो वेस्टकोट लुककासोसल मिडियामा भाइरल नै भयो । धेरैजसो प्रशंसकले वेस्ट कोट लगाएर ‘वेस्टकोट वेड्नेस्डे’ ह्यासट्यागसहित आफ्नो फोटो सेयर गर्न थाले ।

इंगल्याण्ड भर्सेस कोलम्बिया म्याचमा जब कोलम्बियाका खेलाडी मतेउस उरिबेले पेनाल्टी स्कोर गर्न नसक्दा भावुक भए । तब गेरेथले उनलाई अंगालो हाले ।

३. जर्मनीको नयाँ रेकर्डः ग्रुप स्टेजबाटै बाहिरियो

गोलकिपरको कुरा गर्नु पर्दा मेक्सिकोको टीमले आफ्नो गोलकिपर गियेरमो ओचोआलाई उत्कृष्ट खेलको श्रेय दिनुपर्छ ।

जर्मनी भर्सेस मेक्सिकोमा उनले जर्मनीको २६ प्रयासलाई फेल गरेर पछिल्लो विश्वकप विजेता टीम आफ्नो ओपनिङ म्याचमा हराउन सफल रह्यो ।

गोलकिपर गियेरमोको प्रदर्शनमाथि निकै मीम पनि बने जसमा उनलाई मेक्सिको र अमेरिकाबीच बनाइने पर्खाल बताइयो जुन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा वचन दिएका थिए ।

मेक्सिकोका प्रशंसकका लागि यो निकै खुसीको मौका थियो किनभने ३३ वर्ष पछि मेक्सिकोले जर्मनीलाई हराएको थियो ।

४. ‘म यति मुर्ख किन छु’

इंगल्याण्डविरुद्धको खेलपछि बेल्जियमका खेलाडी मिची बेशयुआईले खुसी मनाएको दृश्य मानिसहरुका लागि हाँसोको विषय बन्यो ।

जीतको खुसीमा उनले खाली नेटतर्फ फुटबल किक हान्न खोज्दा बल नेटको खम्बाको ठोक्कियो र फर्किएर उनको मुखमा बेस्सरी लाग्न पुग्यो । त्यसपछि यो भिडियो सोसल मिडियामा भाइरल भयो । उनले आफैंले पनि ट्वीटरमा लेखे, ‘म यति मूर्ख किन छु !’

५. रोनाल्डोको नाममा ह्याट्रिकः

पोर्चुगल टीमका कप्तान क्रिस्टियानो रोनाल्डोले यो विश्वकपमा ह्याट्रिक गरे ।

पोर्चुगल भर्सेस स्पेनबीच भएको प्रतिस्पर्धामा उनले तीन गोल हाने र खेल बराबरीमा टुङ्गियो ।

उनले इरान र मोरोक्को टीम विरुद्ध पनि १–१ गोल गरे ।

तर उरुग्वेको टीमले पोर्चुगललाई प्रतिस्पर्धाबाट आउट गरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप