बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल

सोमबार, ३२ असार २०७५, ०७ : १५
सोमबार, ३२ असार २०७५

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ ।

तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ ।

एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ ।

तर, विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने प्रस्ट पार्न टेबलमा प्रस्तुत गरिएको उदाहरण नै काफी छ ।

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८% र बिडिएसतर्फ ९०% डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् ।, यो खबर आजको नयाँपत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप