शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएशियाका लुका मोड्रिचले जिते गोल्डेन बल

आइतबार, ३१ असार २०७५, २३ : १८
आइतबार, ३१ असार २०७५

क्रोएशियाका कप्तान लुका मोड्रिच विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनले गोल्डेन बल अवार्ड जिते । कोएशियालाई विश्वकपको फाइनलसम्म ल्याउने क्रममा उनको प्रदर्शन महत्वपूर्ण मानिएको थियो ।

यी मिडफिल्डरले २ गोल गरे भने २ गोलका लागि अवसर पनि सिर्जना गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका इङल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट तथा बेल्जियमका थिबाउट कोर्टोइसले सर्वोत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन गोल्भ्स जितेका छन् ।

प्रतियोगितामा चार गोल गरेका फ्रान्सका कालियन एमबाप्पेले युवा खेलाडीको अवार्ड जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप