बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई जनही ५० हजार

आइतबार, ३१ असार २०७५, १९ : २५
आइतबार, ३१ असार २०७५

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा यही असार २८ गते पहिरो जाँदा मृत्यु भएका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।  उक्त घटनामा एक परिवारका तीन जनाको मृत्यु भएको थियो ।  

नगरपालिकाको वडा नम्बर ७ बागेश्वरी मजुवामा पहिरोमा परेर हिरा लामा ७० वर्ष, ६५ वर्षकी पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो । 

आइतबार नगरप्रमुख सोमप्रसाद मिश्रले जनही ५० हजारका दरले १ लाख ५० हजारको चेक मृतक परिवारका सदस्य बुद्ध लामालाई प्रदान गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप