शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगा पूर्ण खोपयुक्त जिल्ला घोषणा

आइतबार, ३१ असार २०७५, १९ : १५
आइतबार, ३१ असार २०७५

ओखलढुंगा– ओखलढुंगा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । ‘पूर्ण खोप सुनिश्चितता ओखलढुंगा जिल्लाको सान, पुर्ण खोप नमुना जिल्ला बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ आईतबार एक कार्यक्रमका बीच जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिपोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला भित्रका सबै १६ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाले १५ महिनाभित्रै सबै प्रकारका खोपको मात्रा पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चिताता तथा दिपोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

हरेक वर्ष जन्मिएका सबै बालबालिकाले खोपका सबै मात्रा पाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिताता  जिल्ला घोषणा गरिन्छ । ओखलढुंगामा १६ देखि २३ महिना सम्मका बालबालिकाको संख्या १ हजार ७ सय ४ रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै १५ महिनासम्मका उमेर समुहका बालबालिकाको संख्या २ हजार ८ सय रहेको छ । जिल्लाभित्र रहेका यी सबै बालबालिकाहरुले खोपको मात्रा पाइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जनाएका छन् ।

जिल्लालाई जिल्ला समन्वय समितिका सभापति तथा जिल्ला खोप समन्वय समितीका अध्यक्ष जयबहादुर श्रेष्ठले घोषणा पत्रमा हस्ताक्षर गरी पुर्ण खोप सुनिश्चिताता तथा दिपोपना जिल्ला घोषणा गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप