बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप जितिन्छ भने म ‘कुरुप फुटबल रणनीति’ खेल्न पनि तयार हुन्छुः फ्रान्सका स्टार फरवार्ड ग्रिजम्यान

आइतबार, ३१ असार २०७५, १७ : ४८
आइतबार, ३१ असार २०७५

एजेन्सी– शुक्रबार भएको एक पत्रकार सम्मेलनमा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानले आइतबार क्रोयसियासँग खेलिरहँदा आफ्नो टिमको लागि कसरी खेल्ने भन्दा पनि कसरी जित्ने महत्वपूर्ण हुने बताए । बेल्जियमका खेलाडीहरुले फ्रान्सले आफूहरुसँगको सेमी–फाइनल खेलमा प्रयोग गरेको रणनीतिलाई ‘एन्टी फुटबल’ भनेर आलोचना गरेका थिए । 

उक्त खेलमा फ्रान्सको टिम अधिकाँश समय रक्षापंक्तिमा केन्द्रीत भएको थियो । फ्रान्सले थोरै समय मात्र बल अघि लगेको थियो । थोरै पटक अगाडि लगिएको मध्ये एक अवसरमा अगाडि लगेको बलमा कर्नर पाएको बललाई फ्रान्सका स्याम्युएल उम्टिटीले हेड गरेर गोल गरेका थिए । 

ग्रिजम्यानले भने आफूहरुको खेल्ने रणनीतिको आलोचनालाई अस्वीकार गरे । ‘म वास्ता गर्दिन । म आफ्नो जर्सीमा तारा थप्न चाहन्छु । तारा पाए भने कस्तो खेल्छौं भन्ने मलाई मतलब हुदैन,’ यो कुरा २७ वर्षका एथलेटिको म्याड्रिडका फरवार्डले मस्को बाहिर रहेको फ्रान्सको ट्रेनिङ्ग आधारमा भएको पत्रकार सम्मेलनमा भने । ग्रीजम्यानले टिमको लागि आफूले खेल्ने शैली बदलेको बताए ।

युरो २०१६ मा उनी छ गोलका साथ शीर्ष गोलकर्ता भएका थिए तर फाइनलमा उनको टिमले आफ्नै भूमिमा क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलसँग हार्यो । उनले रसियामा हालसम्म तीन गोलहरु गरेका छन् । जसमध्ये दुई गोल पेनाल्टी मार्फत भएको हो । जसमध्ये दुई गोलमा उनको एसिष्ट रह्यो । 

‘युरोमा मैले सबैभन्दा बढी गोल गरे तर पनि हामीले हार्यौं, त्यसैले मैले यो पटक मैले आफूलाई भनेको छुः ‘हामीले जित्छौं भने म थोरै गोल हानेर हेर्नेछु ।’  ‘मेरो खेल बदलिरहेको छ । म अब बलको लय नियन्त्रण गर्न वा बल रोकि राख्नमा केन्द्रित भएको छु ।’

विश्वकपको शुरुवाती खेलमा सुस्त प्रदर्शन गरेको फ्रान्सले पछिका खेलहरुमा लय समातेको छ । ग्रिजम्यान र पोग्वाजस्ता अनुभवी तथा किलियन एम्बाप्पे र बेन्जामिन पाभार्डजस्ता युवा खेलाडीहरुको मिश्रणले फ्रान्सले फाइनलसम्मको यात्रा गरेका छ ।

मिडफिल्ड ब्लेस मटुइडीले युरो २०१६ को फाइनलको पराजय आइतबारको विश्वकप खेल्नु अघि आफ्ना खेलाडीहरुको दिमाग हुने बताए ।  ‘युरो २०१६ को आँसु सुकिसकेको छ तर अझै यो हाम्रो जनताको दिमागको एक कुना छ,’ माटुइडीले शुक्रबार भने ।  ‘हुनत मलाई विगत दोहोराइरहन मन पर्दैन, तर पनि आइतबारको खेलमा यो हाम्रो प्रेरणा हुनेछ ।’ माटुइडीले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप