प्रदेश ७ मा पर्यटन उद्यममैत्री वातावरण सृजना गर्ने: पर्यटनमन्त्री अधिकारी
टंक कुवँर
धनगढी– पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यममैत्री वातावरण सृजना गरिरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरुसँग कुरा गर्र्दै उनले सो कुरा बताएका हुन् । विगतमा प्रदेश नं. ७ को पर्यटन क्षेत्र पछाडि पर्नुको थुपै कारण भएको उनले वताए ।
पर्यटनको प्रबद्र्धृन हुन नसक्नु पूर्वाधारको विकास हुन नसक्नु आन्तरिक पर्यटकलाई भित्र्याउन नसक्नु पर्यटन सम्बन्धि स्किल ट्रेनिङ्ग सञ्चालन गर्न नसक्नुले प्रदेश ७ को पर्यटन क्षेत्र पछाडि परेको मन्त्री अधिकारीले दाबी गरे ।
पर्यटन प्रबद्र्धनका लागि छिट्टै नयाँ सृजनाको काम अगाडि बढाउने समेत उनले बताए । राष्ट्रका भत्किएका सम्पदाको पुननिर्माणको काम ९७% सम्पन्न गरेको बताउदै राष्ट्रिय संग्रालयको प्रबद्र्धन, सम्बद्र्धन गर्ने कामलाई पनि अगाडि बढाएको बताए ।
मन्त्री अधिकारीले छिट्टै प्रदेश ७ मा टुरिजम बोर्डको अफिस निर्माण गरी आन्तरिक पर्यटनलाई भित्र्याउन गृहकार्य थलानी गर्ने समेत बताए । ‘प्रदेश ७ मा रहेको गेटा विमानस्थलनको स्तरउन्नती गर्दै अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल अगाडि बढाइ रहेका छौं,’ उनले भने ।
यस क्षेत्रमा रहेका पहाडी विमानस्थलमा पनि छिट्टै उडान गराउन पहल भई रहेको समेत मन्त्री अधिकारीले बताए । उनले आफ्नो कार्यकालमा भनेर होइन गरेर देखाउने समेत बताए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै पहिला यस क्षेत्रमा आन्तरिक पर्यटनलाई भित्र्याउन सके मात्र बाह्य पर्यटनको आगमन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले दियो बिजुली आयातको अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
लक्ष्मी गुरुङलाई इलाम–२ मा उम्मेदवार बनाउने राप्रपाको निर्णय
-
रास्वपाले उम्मेदवार आज टुङ्ग्याउने, ६ जना आकांक्षीसँग वनस्थलीमा छलफल
-
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
-
अरू पार्टीको मत आ–आफ्ना पोल्टामा जाँदा एमाले कि कांग्रेसलाई फाइदा ?
-
उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न अनेरास्ववियुको माग