शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैंकको शाखा बागलुङ्ग र भोजपुरमा पनि

आइतबार, ३१ असार २०७५, १६ : ५५
आइतबार, ३१ असार २०७५

काठमाडौं । प्रभु बैंकले बागलुङ्गको ताराखोला गाउँपालिका ३ र भोजपुरको हतुवागढि गाउँपालिका १ मा नयाँ शाखा कार्यालयहरु आजदेखि सञ्चालनमा ल्याएको छ ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 

बैंकले गाउँपालिकामै शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध लागेकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आफ्नो घर दैलोबाट बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको स्थानीयले बताएका थिए ।

सञ्चालनमा आएका बैंकका शाखाबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकके विश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप