शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले भने– एकीकृत पार्टीभित्र समस्या छ

आइतबार, ३१ असार २०७५, १६ : ३६
आइतबार, ३१ असार २०७५

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीभित्र केहि समस्या रहेको स्वीकार्दै त्यसलाई सच्याउँदै लगिने बताएका छन् । 
प्रचण्डले पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको उल्लेख गर्दै त्यसबाट सचेत हुन पनि नेता, कार्यकर्तालाई आह्वान गरे ।  सहीद विष्णु चौलागाईँको समृतिमा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहिदहरुको सपना खेर जान नदिने पनि बताए । उनले  सहीदहरुकै बलिदानको प्रतिफल स्वरुप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै त्यो उपलब्धिलाई जोगाएर अघि बढने पनि बताए । 
अध्यक्ष दाहालले सहिदहरुले देखाएको बाटोबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको दावी पनि गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप