शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ

आइतबार, ३१ असार २०७५, १६ : २८
आइतबार, ३१ असार २०७५

पथरी– भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गरे । उनले भने– भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार नगदसहित पक्राउ गरिएको हो ।’ 

विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप