शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको एकैसाथ चार नयाँ शाखा विस्तार

आइतबार, ३१ असार २०७५, १५ : १९
आइतबार, ३१ असार २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ चार नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित  पत्रकार सम्मेलनकाबीच प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी प्युठानको झिमरुक,  पूर्व रुकुमको भूमे,  हुम्लाको नाम्खा र अछामको ढकारी गरि कुल ४ वटा शाखाहरु संचालनमा ल्याएको हो ।

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अनुसार शाखा विस्तार गरेको हो । 

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको बैंकले जनाएको छ । 

बैंकले ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप