शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग

आइतबार, ३१ असार २०७५, १५ : १६
आइतबार, ३१ असार २०७५

काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो । 

यस्तै महासंघले भन्सारमा सहज रुपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्नेलगायत मागसमेत गरेको छ । 

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘नेपालको परराष्ट्र हेर्ने टोली र चीनको परराष्ट्र हेर्ने टोलीबीच भन्सारका विषयमा छलफल भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउनेछ’, उनले भने । 

यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप