शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

आइतबार, ३१ असार २०७५, १५ : १०
आइतबार, ३१ असार २०७५

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुले सुविधा लिनसक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप